नेपाली सोसाइटी अफ तस्मानियाले दशैँ कप गर्दै

तास्मानिया । नेपाली सोसाइटी अफ तास्मानियाले नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर दशैं कपको आयोजना गर्ने भएको छ ।

बडादशैँको अवसर पारेर नेप्लिज तास्मानिया स्पोर्टस एसोसियशन र अष्ट्रेलिया नेप्लिज फुटबल एसोसेशनको सहयोगमा दुई दिने फुटबल प्रत्योगिताको आयोजना गरेको हो ।

अक्टोबर ९ र १० तारिखमा केजिभी फुटबल ग्राण्ड गेलेनोरेचीमा हुने फुटबल प्रतियोगिता जित्नेले १५ सय अष्ट्रेलियन डलर र ट्रफि पाउने भएका छन् । त्यस्तै द्धितिय हुनेले एक हजार अष्ट्रेलियन डलर र ट्रफि र तेस्रो हुनेले ५ सय अष्ट्रेलियन डलर र ट्रफि पाउने आयोजकले जनाएको छ ।

७ समूहको सहभागिता रहने उक्त कार्यक्रमले दशैंको अवसरमा नेपालीहरुलाई रमाउने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।

यस्तै सोही अवसरमा महिला टुर्नामेन्ट कर्पोरेट कप पनि राखेको आयोजकले जनाएको छ । दशैँ कपलाई लिएर यहाँका सबै जना उत्साहित भएका छन् ।

कार्यक्रमलाई एनआएनए तास्मानिया राज्य समिति, विनर सर्कल मिडिया तास्मानिया, होबार्ट बोइज तथा तास्मानिया नेप्लिज क्रिकेट एसोसियसनले सहयोग गरेका छन् ।