अहिलेको सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकन्त्रको बाटो नबिराउने भन्दै संविधान पनि नमिचेको बताएका छन् ।

पुस ५ मा प्रतिनिधि सभा विघटन गर्दा संविधान मिचेको भनी लागेको आरोपको खण्डन गर्दै उनले भने, ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन, मिच्न दिँदैन। जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन, भ्रष्टाचार गर्दैन। सुशासन कायम गरेर छोड्छ।’

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले निर्वाचित मितिमा चुनाव हुने बताए । कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उनाँले भने, ‘सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढौं ।’ अर्को वर्षसम्म अल्पविकशित राष्ट्रबाट विकाशिल राष्ट्रमा नेपाल प्रवेश गर्नुपर्ने भन्दै उनले सोही अनुसार सरकारले काम गरिरहेको बताए ।