यूके बस्ने गुल्मीका मोति र ताराले दिएको जग्गामा डेढ करोडमा स्वास्थ्य चौकी निर्माण सुरु

शिब भण्डारी

लन्डन । बेलायतमा बस्दै आएका गुल्मीका भण्डारीद्धयले गाउँमा स्वास्थ्य चौकी बनाउन पाँच रोपनी जमिन दान दिएका छन्। गुल्मी रुपाकोट घर भई बेलायत बस्ने सामाजिक अभियन्ता मोतीराज भण्डारी र तारानाथ भण्डारीले गुल्मीको चन्द्रकोट गाउँपालिका रुपाकोटको वडा नं ७ पुर्ख्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् ।

स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै

स्वास्थ्य चौकी अभावमा समस्या भोग्दै आएका गुल्मीको चन्द्रकोट गाउँपालिकाको रुपाकोटका स्थानीय अहिले निकै खुसी बनेका छन् । स्वास्थ्य चौकी बनाउन जनप्रतिनिधिहरु जग्गाको खोजीमा भौतारिरहेको अवस्थामा स्थानीय दुई जनाले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराएपछि रुपाकोटमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको होे ।

भवन बनाउने निर्णय भएपनि आवश्यकता बमोजिमको जग्गा नपाउँदा लामो समयदेखि भवन निर्माण भएको थिएन । तर स्थानीय भण्डारीद्धयले ५ रोपनी जग्गा दान गरेपछि भवन निर्माण कार्यले मूर्त रूप लिएको हो ।

एनआरएनए यूके सल्लाहकार समेत रहेका गुल्मी जिल्ला समाज युकेका सस्थापाक उपाध्यक्ष एबम सल्लाहकार मोति भण्डारी,एनआरएन युकेका पूर्व सचिब एबम गुल्मी जिल्ला समाजका उपाध्यक्ष तारानाथ भण्डारीले लन्डन नेपाल न्युज संगभने हामीहरु विदेशमा रहे पनि आफ्नो जन्म ठाउँ फर्कँदा कहिले गोठमा, कहिले वडा कार्यालयको साँघुरो कोठाबाट बिरामीहरुले सेवा लिएको देखेपछि स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने पबित्र उद्देश्यले गरेको हाम्रो प्रयास ‘अहिले डेढ करोडको भवन शिलान्यास गरि निर्माण हुने भएपछि धरै खुसी छौ ।

स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोर्णबहादुर खत्रीले भण्डारीद्वयले जग्गा दान गरेर समाजमा उदाहरणीय काम गरेको बताए । उनले स्वास्थ्य सेवा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको भन्दै भवन बनेपछि बिरामीहरुको उपचारमा थप सहज हुने विश्वास व्यक्त गरे । शिलान्यस गर्दै अध्यक्ष खत्रीले मापदण्ड अनुरुप समयमै स्वास्थ्य चौकीको भवन निमार्ण गरी जनतालाई जती सक्दो छिटो सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने आफुहरुको चाहना रहेको अध्यक्ष खत्रीले उल्लेख गरे ।

शिलान्यास गरिएको भवन एक वर्षभित्र निर्माणको जिम्मा पाएको डी एण्ड डी पुष्पाञ्जली जेभीका प्रमुख सञ्जय पन्थीले तोकिएकै समयमा काम सम्पन्न गर्ने जानकारी दिए। जग्गा उपलब्ध भएपछि कम्पनीले चन्द्रकोट गाउँपालिका ७ को रुपाकोटमा एक करोड ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण सुरु गरेको छ ।

हेर्नुहोस पालिका खबरको एक स्थलगत भिडियो रिपोर्ट :