काठमाडौं- राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले देशव्यापी आन्दोलनको तयारी भइरहेको बताउनुभएको छ ।
गृह जिल्ला महोत्तरीको सदरमुकाम जलेश्वरमा पत्रकारहरुसित कुरा गर्दै अध्यक्ष भण्डारीले राज्य मधेस र मधेसीको मुद्दा सम्बोधन गर्न गम्भीर नभएको तथा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले देशमा संविधान कार्यान्वयन नहुने सम्भावना बढ्दै गएकाले अब मधेसमा चर्को आन्दोलन हुने बताउनुभयो ।
उहाँले एमाले तथा प्रधानमन्त्री केपी ओलीले मधेसीलगायत आन्दोलनरत पक्षको माग सम्बोधन गर्न अटेर गर्दै गएकाले अब देशमा शान्तिको सम्भावना कम भएको भन्नुहुँदै मधेसमा आन्दोलनरत पक्षले अन्तिम तथा निर्णायक आन्दोलनमा जुटिसकेको बताउनुभयो ।
नेता भण्डारीले अबको आन्दोलन तराई मधेसमा नभएर काठमाडौँमा हुने पनि बताउनुभयो ।






