काठमाडौं- नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएसँगै पार्टीभित्रको आन्तरीक जीवनमा भागबन्डाको राजनीति अन्त्य भएको नेताले प्रतिकृया दिएका छन् ।
नेता डा. प्रकाशशरण महतले सभापतिमा निर्वाचित वरिष्ठ नेता देउवाको नेतृत्वले पार्टीलाई सहकार्य र एकताको पक्षमा अघि बढाउने बताउनुभयो । उहाँले नवनिर्वाचित सभापति देउवाले पार्टी भित्र एकता र सहकार्यका आधारमा अघि बढ्दै संविधानको कार्यान्वयन र देशमा देखिएका चुनौतिका सामना गर्न विश्वास व्यक्त गर्नुभयो ।
काँग्रेसका नेता रमेश लेखकले पार्टीको १३ औँ महाधिवेशनले काँग्रेसमा नयाँ नेतृत्व स्थापित भएको बताउदै संविधानको कार्यान्वयन, शान्ति, स्थिरता र सम्बृद्धि पार्टीको राष्ट्रिय एजेन्डा भएको उल्लेख गर्नुभयो ।
नेता बीरबहादुर बलायरले काँग्रेसभित्रको भागबन्डाको राजनीति अन्त्य भई एकता र सहकार्यबाट नेतृत्व अघि बढ्ने बताउनुभयो ।






