काठमाडौं- मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ ।
राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको छ ।
सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो । विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको छ ।
विभागले अब पूरानै शुल्कमा ३ दिनभित्रमा सबै सेवाग्राहीलाई एमआरपी वितरण गर्ने भएको छ । यस्तो सेवा भने विभाग परिसर नारायणहिटीबाट मात्र उपलव्ध गराउने तयारी गरिएको छ ।






