काठमाडौं- केपी ओलीको नेतृत्वमा सरकार बनेको आठ महिना पनि बित्न नपाउँदै उनकै पार्टी एमालेभित्र संगठित असन्तुष्टिका स्वर चर्किन थालेका छन् ।
पार्टीका दुई वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षधर नेताकार्यकर्ताको भेला गरेका छन् ।
पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले सरसल्लाहका लागि कुनै उपयुक्त फोरम नदिएको भन्दै उनीहरले दुईदिलने भेला आयोजना गरेका हुन् । भेला मंगलबार सुरु भई बुधबार सकिदैँछ ।
नेपाल खनानल पक्षले आगमी दसौं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारको रुपमा नेपाललाई अगाडि सारेको छ ।
ओली पक्षले यस्तो भेला गर्न र आफ्नो समूह बलियो बनाउन मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रलाई व्यानर बनाउँदै आएका छन् ।
भेलामा सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले पार्टीके दसौं महाधिवेशनलाई प्रभाव पार्नका लागि एकलौटी तरिकाले जथाभावी पार्टी सदस्यता वितरण गर्न लागेको आरोप लगाए ।






