काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायलयलाई धम्क्याएर राज्यसंयन्त्रमाथि राजनैतिक नियन्त्रण जमाउन खोजेको बताएका छन् ।
एक सय आठौ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघले विहिबार केन्द्रीय पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वामगठबन्धनको सरकारले आफ्नो अनुकुलतामा राज्यका संबैधानिक अंगमाथि हस्तक्षेप गर्दे नियन्त्रण जमाउन खोजेको बताएका हुन् ।
उनले आफ्नो अनुकुलतामा राज्य संयन्त्रलाई प्रयोग गर्न ओली नेतृत्वको सरकारले न्यायलयलाई समेत धम्क्याउन थालेको दाबी गरे । देउवाले सरकारका हस्तक्षेपकारी क्रियाकलापको शसक्त प्रतिकार गर्न संगठनलाई सुदृढ, मजबुत र बलियो बनाउन पनि देउवाले महिला संघलार्य निर्देशन दिए ।
महिला आरक्षण र राज्यका सबै निकायमा पहुँच पुर्याउने सवालमा राष्ट्रपति उपराष्ट्रपति, सभामुख उपसभामुख मध्ये एक महिला हुनै पर्ने संबैधानिक व्यवस्था गरिनु निकै राम्रो सुरुवात भएको देउवाको भनाईथियो ।
त्यसैगरी प्रतिनिधिसभा र राष्ट्रिय सभामा महिलाको ३३ प्रतिशत सिट प्रत्याभुत गरिनुलाई पनि महिला अधिकारको उपलब्धी ठान्नुपर्ने देउवाले बताए ।
मंगलादेवी सिंह, नोना कोइराला, शैलेजा आचार्य लगायतका नेतृले पुर्याएको योगदानको स्मरण गर्दे सभापति देउवाले महिला संघलाई अझ बलियो बनाउन सुझाव दिए ।
महिला हक अधिकार स्थापित गराउने सवालमा नेपाल महिला संघको ऐतिहासिक महत्व रहेको भन्दै उनले संघलाई देशभरका महिलाको प्रतिनिधिमुलुक संस्थाको रुपमा स्थापित गराउर्नेमा जोड दिए ।






