टार्इमकार्डकाे दुरूपयाेग र यूवतिका कारण पाँचकाे ज्यान गयाे ।

DSC_0119गुल्मी १८ असाेज । बुटवलबाट गुल्मीका लागि छुटेकाे बस ६ घण्टामा तम्घास पुग्नुपर्ने हुन्छ । तर सवारीचालक हरू गुल्मीकाे रीडि पुग्दा सम्म यात्रुहरू  चढाउने र अाेराल्ने गर्दा चार देखि साढे चार घण्टा विताउँछन् । बाँकी रहेकाे समयमा तम्घास पुरयाउन गाडी तिब्र गतिमा हुइक्याउँछन् । साेमबार गुल्मीकाे सदरमुकाम नजिकै पाँच जनाकाे ज्यान जाने गरी भएकाे दुर्घटना सवारी साधनलार्इ दुरूस्त राख्नका लागि प्रयाेग गरीएकाे टार्इमकार्डकाे दुरूपयाेग गर्दा कारणले गर्दा भएकाे खुलेकाे छ । सहायक कारण बनेकाे छ चालक युवतिसंग गफिनु ।  सोमवार दिउसो  बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेकाे  लु १ ख ४१६१ नम्बरको बस तम्घास नजिकै उर्लेनीमा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन ।

दुर्घटनामा परी घाइते पाल्पाका सन्तोष गैरै
दुर्घटनामा परी घाइते पाल्पाका सन्तोष गैरै

प्रहरीले तिब्रगतिका कारण दुर्घटना भएकाे बताएकाे छ भने  घाइते यात्रुहरूले यूवतिसंग गफिँदै एकदमै तिब्रगतिमा गाडी हुइक्याउँदा भिरबाट खसेकाे बताएका छन् ।  ‘बुटवलबाट बिहान ८ बजे छुटेर  ११ बजे नै रिडी आएको बस  रिडीमा धेरै बेर रोकेपछि २ बजे तम्घास पुग्नै पर्छ भन्दै हुँइक्याए’ दुर्घटनामा परी घाइते पाल्पाका सन्तोष गैरैले भने – ‘ म चालकै पछाडि थिए, बलेटक्सारबाट २ जना बहिनीहरु बसमा चढेपछि त झन ड्राईभरले बस गफ गर्दै हुइँक्याएर भिरमा हाले ।’   उनले बस हुइक्याउँदा अाफूलाइ पहिलादेखि नै  डर लागिरहेको र हेर्दाहेर्दै भिरबाट खसालेकाे बताए । ‘ एकैचोटी ड्रयाम्म आवाज आयो एसो , सबै आमा आमा भन्दै चिच्चाउदै थिए,’ घाईते सन्तोषले आखाँ भरि आसुँ पार्दै भने -‘ बस तल अडिएपछि झ्यालबाट बाहिर निस्केर गुहार–गुहार गर्ने बाहेक केही भएन, ठुलो भाग्यले बाचियो ।’

 

दुर्घटनामा बाँचेका सबै घाइतेले तिब्र गतिका कारण दुर्घटना भएकाे बताए ।  ‘हामीहरु बलेटक्सारबाट बसमा चढेपछि बिच–बिचमा चढ्ने र झर्ने मानिसहरुलाई ढिला भयो छिटो–छिटो गर्नुहोस भन्दै  झार्ने र चढाउने समयमा अत्ताइरहेका थिए ।’  जिल्ला अस्पताल तम्घासमा उपचार गराईरहेकी घाईते बलेटक्सारकी मनिषा ज्ञवालीले भनिन् – ‘बेसरी दौडाउँदै ल्याएर भिरमा खसाले ।’ दुर्घटनामा बाँचेका बसका सहचालक बुटवल १३ का सुरज गिरीले भने कसरी दुर्घटना भयो भन्ने आफुलाई थाहै नपाएकाे बताए ।  ‘मैले त भाडा उठाउदै थिएँ, एक्कासी बस खसेको आवाज अयो ।’ गिरीले भने – ‘ भगवानले बचाउनुभयो , नयाँ जुनी पाएँ ।’

बस चालकको लापरवाही, र तिब्र गतिका कारण दुर्ङटना भएकाे प्रारम्भिक अनुसन्धानमा देखिएकाे जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रामप्रकाश पौडेलले बताए ।

DSC_0135दुर्घटनामा एक नावालक सहित पाँच जनाले ज्यान गुमाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । मृत्यूहुनेहरूमा रेसुङ्गा नगरपालिका ६ का ४५ बर्षिय रोहित मरासिनी, वार्ड नं. ८ का ३३ वर्षका करण चुदारा,  वार्ड नं. १५ की ५० वर्षिय भिम कुमारी श्रीस,   १५ कै ताम बहादुर सुनार र अलाङ्गकोट ६ की ५ बर्षिय सिजन परियार छन । उनीहरूकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका मध्ये रोहत मरासिनी सड्क डिभिजन कार्यलय पाल्पाका कर्मचारी हुन । उनी बसमा चढेको २ मिनेटमै दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।  दुुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दुर्घटनामा घाईते हुनेहरुमा भनभने ५ का कमल पन्थी, रेसुङ्गा नगरपालिका १४ का रिख बहादुर घर्ती , मुसिकोट ६ की माया परियार, जुभुङ्ग ४ का कृष्ण बलाल, अर्लाङ्कोट ६ की पुष्पा परियार, पाल्पाका सन्तोष गैरे, रेसुङ्गा नगरपालिका १५ का कुमार सुनार, हर्दिनेटा ५ की दिपा अर्याल, बलिथुम ४ का जनक बहादुर घर्ती, बलेटक्सार ७ की पार्वती ज्ञवाली, कपिलबस्तुका बिष्णु भण्डारी, रेसुङ्गा नगरपालिका १२ का भिम बहादुर बस्नेत, नवलपरासीकी राधा ढकाल, रेसुङ्गा नगरपालिका ३ की सुमित्रा कुवँर, हर्दिनेटा ५ की सगीता पन्थ, पाल्पाका बस चालक श्रीधर पाण्डे, रेसुङ्गा नगरपालिका ८ की कमला चुदारा, जुभुङ ४ का सुमन दर्लामी, रेसुङ्गा नगरपालिका १३ का दिपक पाण्डे, सिर्सेनी ४ का अनुष घर्ती, बलेटक्सार ७ की मनिषा ज्ञवाली, बिरवास ७ का ओम बहादुर रजाली रेसुङ्गा नगरपालिका २ का नवराज सुवेदी र पाल्पा कचल ३ का रिम बहादुर दर्लामी छन् ।
DSC_8438  घाईतेहरु मध्ये १५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईतेहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । उनिहरूमध्ये अधिकाशंको टाउको र छातीमा चोट लागेको छ । बस सडकबाट करिब ५० मिटर तल खसेर भिरमा रुखमा अडिएको छ । बस दुर्घटना स्थल सदरमुकाम तम्घासबाट ७ किलोमिटरको दुरीमा रहेको छ । दुर्घटनामा स्थल सदरमुकाम नजिकै परेकाले घाईते यात्रुहरुकोे शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, सदरमुकामवासी हरु लगायत स्थानीयले उद्धार गरेका थिए ।  उक्त बसले बिहान ११ बजे पाल्पाको अर्गली प्रहरी चौकीमा २५ जना यात्रु सवार रहेको जनाएको थियो । सामान्य घाईते ३ जना जिल्ला अस्पतालमा तम्घास उपचार पश्चात सोमबार साझँ नै घर फर्किएका छन । दशैको मुखमा सदरमुकाम तम्घास नजिकै यसरी बस दुर्घटना भएपछि जिल्लामा जिल्लावासीहरु शोकाकुल भएका छन ।
DSC_8435DSC_0137

DSC_0133