खोटाङमा नेकपा छोडेर कांग्रेस पार्टीमा प्रवेश गर्नेको लर्काे

खोटाङ। जनमतको कदर नगरी मतको दुरुपयोग गर्ने र देशलाई सहि दिशामा हिडाउन नसकेको भन्दै खोटाङमा नेपाल कम्युनिष्ट पार्टी छाड्ने क्रम तिव्र बनेको छ । नेपाली काँग्रेसले मात्र देशलाई निकास दिन सक्ने भन्दै जिल्लामा एकैपटक सय भन्दा बढी मानिसहरु नेकपा छोडेर काँग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसका युवा नेता रविप्रकाश राईले, १०० जना नेकपा परित्याग गरेकालाई कांग्रेसमा प्रवेश गराएका छन् ।

नेपाली कांग्रेस केन्द्रिय सर्कुलर अनुसार देशव्यापी वडाहरुमा आयोजित वडा स्तरिय विरोध कार्यक्रमको अवसर पारेर खोटेहाङ गाउपालिका वडा नं १ लिकुवापोखरी साथै वडा नं ३ सावाकटहरेमा नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले अबिर र खादा ओढाएर नेकपाका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन। नेता राईले सावा कटहरेमा ५५ जना साथै लिकुवापोखरिमा ४५ जनालाई पार्टीमा प्रवेश गराए ।
त्यसैगरी जिल्लाका अन्य क्षेत्रहरुमा पनि सयौ संख्यामा काँग्रेसमा प्रवेश गर्ने लहर चलेको छ ।
खोटाङ जिल्लामा नेकपाको गढका रुपमा चिनिएका वडाहरुबाट नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका कारण नेकपालाई ठूलो धक्का पुगेको छ। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई स्वागत गर्दै नेता राईले, कम्युनिष्टहरु कहिलै पनि विकास र जनताको समुन्नत विकासका पक्षमा नरहेको र यसको प्रमाण जनताले झण्डै दुई तिहाई मत दिएर पुर्ण विश्वासका साथ नेकपालाई निर्वाचित गराउदा समेत कम्युनिष्टहरु सत्ताको खेलमा सति गएको परिघटनाले पुष्टि गर्ने बताए।