सर्वपक्षीय सहमति जुटाउन बाबुरामको आग्रह

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले स्वास्थ्य शिक्षा विद्येयक तत्काल फिर्ता लिएर राष्ट्रिय मुद्धामा सर्वपक्षीय सहमति जुटाउन सरकारसँग आग्रह गरेका छन् ।

बिहिबार डा. भट्टराईले ट्वीट गर्दै सोही मुद्धाको कार्यान्वयनको माग राख्दै अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग समेत गरेका छन् ।

सरकारले जनतासँग मुठभेड गर्नुको साटो तत्काल सो विद्येयक फिर्ता लिएर सर्वपक्षीय सहमति गर्नुपर्नेमा जोड दिँदै उनले लेखेका छन्ः ‘सरकारले जनतासंग मुठभेड गर्नुसट्टा स्वास्थ्यशिक्षा विधेयक फिर्ता लिएर यस्तो राष्ट्रिय मुद्दामा सर्वपक्षीय सहमति अनुरूप नयाँ विधेयक प्रस्तुत गरोस् र डा के सी को जीवनऱक्षा गरोस् । ययाति आत्मष्लाघाले स्वर्गबाट तल झरेका थिए भन्ने स्मरण गरोस् ।’