काठमाण्डौ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा भोली हुने भएको छ ।
पहिलो चरणमा कृषि क्षेत्रतर्फ १० हजार ८ सय ५८ आवेदकको परीक्षा भोली हुने वैदेशीक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ ।
यसअघि पेपर बेस टेस्ट मार्फत गरिँदै आएको परीक्षा यो पटक तीन चरणमा युविटी ट्याब मार्फत गरिनेछ । सन् २००८ देखि प्रत्यक वर्ष सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।
भोलि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा हुनेभए पनि उत्पादनमूलक क्षेत्रको परीक्षा मिति भने पछि तोकिनेछ ।






