लण्डन । क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम अर्थात (हिउँदे भेला ) आउँदो अगष्ट २१ तारिखमा हुने भएको छ । समाजले हरेक वर्ष गर्दै आएको कार्यक्रम अगष्ट २१ तारिख आईतबार गर्ने निणर्य गरिएको क्षेत्री समाज बेलायतकी महिला उपाध्यक्ष एवम् कार्यक्रम सयोंजक श्रद्धा थापाले लण्डन न्यूज नेपाललाई जानकारी दिईन् ।
थापाका अनुसार सामाजिक परम्परा र संस्कारलाई निरन्तरता दिंदै उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त दिन बिदा मिलाउन अनुरोध गर्दै बेलायत स्थित विभिन्न संस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुलाई यसै मार्फत उनले उपस्थितिका लागि अपिल समेत गरेकी छिन् ।
कार्यक्रम सामुएल कोडी सपोर्ट कलेज, फार्नबरोमा बिहान १० बजेदेखि राति १० बजेसम्म हुने समाजका मिडिया सयोंजक नरेन्द्र बस्नेतले जानकारी दिए । क्षेत्री समाज यूके बेलायतमा निकै व्यवस्थित र सक्रिय संगठनको रुपमा परिचित संस्था हो । यसले गर्ने विविध कल्याणकारी तथा मनोरन्जनात्मक कार्यक्रमहरु मध्ये हरेक वर्ष गरिने वार्षिक भेटघाट कार्यक्रम एक प्रमुख कार्यक्रम हो । उक्त कार्यक्रममा यूकेभर छरिएर रहेका अधिकांश क्षेत्री तथा गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहने गर्दछ ।
क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट अगष्ट २१ मा हुने यस्तो छ तयारी !






