लन्डन । मगर संघ यूके यूएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना चयन भएका छन् ।
शनिबार १२ मार्चमा भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवगठित कार्यसमिति उपाध्यक्षद्वयमा बीर बलाल, धन रोका, सचिव गणेश बुढाथोकी, सहसचिवद्वयमा शेष पल्ली, मिन राना, कोषाध्यक्षमा गोप सिन्जाली र सहकोषाध्यक्षमा पार्वती थापा चयन भएका छन् ।
यस्तै एडमिन सेक्रेटरीमा ऋषिराम राना, एसीस्टेन्ट एडमिन सेक्रेटरीमा जमुना पुन राना, सांस्कृतिक सचिवमा गीता पाइजा, सांस्कृतिक सहसचिव शिला थापा, खेलकुद सचिव पञ्च पुन, सहसचिवमा रोहित राना छनोट भएका छन् ।
निर्वाचन समितिका सयोंजक कुल थापा, सचिव ओम थापा काउचा, र सदस्य सचिव केरिताम ढेंगाले सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको घोषणा गर्दै उनीहरुलाई सपथ ग्रहण गराएका थिए ।
प्रोपर्टी सेक्रेटरीको जिम्मेवारी गुन थापा, लेडिज प्रोपर्टी सचिवमा पार्वती काउछले पाएका छन् । यस्तै सदस्यहरुमा जमुना थापा, सुनिता भुजेल, नानु राना, बागबिर पुन, विपना पुन (युवा), जसिमा पुन (युवा), विष्णु पुन, हरिबाबु थापा, सुमन श्रीष (युवा) छन् ।
संस्था का निवर्तमान अध्यक्ष हेमा रानाको अध्यक्षमा भएको अधिवेशनमा निवर्तमान सचिव बिर बलालले सन्चालन गरेका थिए ।
नवगठित समितिका अध्यक्ष रानाले आफुलाई अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो सामु संस्थाको महत्वपूणर् जिम्मेवारी आएकाले अझै सशक्त भएर लाग्ने बताए ।






