एनआरएन यूकेको निर्वाचन समिति गठन, घले बने संयोजक, अरु को-को आए ?(नामावली सहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले प्रमुख संरक्षक डमर घले (ओबीइ) को संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । आइतवार अल्डरशटमा सम्पन्न कार्यसमिति बैठकले घलेको नेतृत्वमा निर्वाचन समिति गठनको निर्णय गरेको हो ।

समितिको सहसंयोजकमा शिवजी श्रेष्ठ र अन्य सदस्यमा डा। सुमाया राई, श्री लिम्बु, चिरन्जिवी ढकाल, नरेश खपाङ्गी, कर्ण शाही, राष्ट राई, , राजु कंडेल, दुत पुन, बिकाश पाइलि, नेम थापा लगायतलाई राखिएको छ ।

बैठकले उम्मेदवारी शुल्क समेत बृद्धि गरेको छ । जस अनुसार अध्यक्ष को लागि १५ सय पाउण्ड, उपाध्यक्ष या महा सचिवको लागि ११ सय पाउण्ड, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको लागि ८ सय ५० पाउण्ड, महिला तथा युवा संयोजक को लागि ८ सय पाउण्ड तथा कार्यसमितिको सदस्यको लागि ४ सय ५० पाउण्ड शुल्क तोकिएको छ । आइसीसी सदस्यको लागि भने १५ सय पाउण्ड छ । बैठकले वेलायतको ४ वटै राज्य परिषदको निर्वाचन गराउने निर्णय गर्दै सो प्रयोजनको लागि उम्मेदवारी शुल्क समेत तय गरेको छ ।

राज्य परिषदकोे अध्यक्षको ४ सय ५०, उपाध्यक्षको २ सय पाउण्ड, सचिव १ सय ५० पाउण्ड, कोषाध्यक्ष २ सय पाउण्ड, सहकोषाध्यक्ष १ सय ५० पाउण्ड र सदस्यको लागि १ सय पाउण्ड सदस्यहरुको शुल्क निर्धारण गरेको छ ।

निर्वाचनमा मतदाता बन्नको लागि ३१ जुलाई भित्र सदस्यता लिनु पर्ने प्रावधान रहेको भन्दै महासचिव आरके त्रिपाठीले संघको निर्वाचनको लागि गठित निर्वाचन समितिलाई सहयोग गर्न वेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेका छन् ।

आउँदो सेप्टेम्बर १४ का दिन एनआरएन यूकेको निर्वाचन तय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *