काठमाडौं– नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठक कास्कीमा मंगलबारदेखि सुरु भएको छ ।
माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँमा बसेको बैठक बिहिबारसम्म चल्नेछ ।
बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षा हुनुका साथै आगामी कार्ययोजनाबारे छलफल र निर्णय हुने सो पार्टीले जनाएको छ ।







