आज बस्दैछ माओवादी वैठक, पार्टी एकतावारे ठोस निर्णय आउला ?

काठमाडौं- माओवादी केन्द्रको आज केन्द्रीय कार्यलयको विस्तारित वैठक बस्दैछ ।

एमालेसँगको एकतादेखि पछिल्लो राजनीतिक अबस्थावारे वैठकमा छलफल हुनेछ ।

बैठक मङ्गलबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ ।

वैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल हुने छ ।

चुनावलगत्तै एमाले र माओवादवीचको एकता प्रक्रिया अगाड बढाउने बामगठबन्धनको निर्णय भएपनि नेतृत्वको विषयमा सहमति जुटन नसक्दा पार्टी एकता संयोजन समितिको समेत वैठक बस्न सकेको छैन् ।

माओवादीले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राखेको छ । एमाले यसमा तयार भएको छैन ।