सुन्धारामा गोली चल्यो

pestolकाठमाडौं- काठमाडौंको सुन्धारास्थीत लुम्बिनी पाहुना घरमा आइतबार बिहानै गोली चलेको छ ।

पाहुना घरमा बसेका २ जना हतियारधारीलाई प्रक्रने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीले पाहुना घरबाट १ थान चाइनिज पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहटका छोटेलाल ठाकुर र राजकुमार पटेल रहेका छन् ।

छोटेलाल जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहदा प्रहरीको एसएलआर राइफल खोसेर फरार भएका अभियुक्त रहेको अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए। राजकुमार प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका व्यक्ति हुन् ।