सिड्नीमा माकाथर समाजको तीज कार्यक्रम भव्य हुने

तक्दीर अधिकारी
सिड्नी । माकाथर क्षेत्र नेपाली समाजले तीज कार्यक्रम भव्य रुपमा मनाउने तयारी गरेको छ । २४ अगस्टमा आयोजना हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष राजकुमार अधिकारीले जानकारी दिए ।

वेइश रियल स्टेट र सेज होम लोन मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा प्रवेशका लागि ३५ डलरको टिकट काट्नु पर्नेछ । टिकटको अर्धकट्टी राफल चिठ्ठामा सामेल गराइने छ । पुरस्कार विजेतालाई तिलहरी उपहार दिइनेछ । उक्त पुरस्कार बुद्ध ज्वयलर्सले प्रायोजन गरेको समाजका सदस्य टुङ्गानाथ खरेलले जानकारी दिए ।

साँझ ६ बजेदेखि आयोजना हुने उक्त कार्यक्रम राति १० बजेसम्म सञ्चालन हुनेछ । त्यसअवधिमा तीजका मीठा परिकार त हुने नै छ त्यसका साथै स्थानीय कलाकारले कार्यक्रमलाई सांगीतिक माहोलमा रुपान्तरण गर्ने छन् । समाजका अध्यक्ष अधिकारीका अनुसार कार्यक्रममा तीजको मीठो परिकार, सांगीतिक मोहल र फेसन सो समेटिएको छ ।

उनका अनुसार राजनीतिक दलका नेता, काउन्सिलका मेयर, नेपाली दूतावासका उच्चायुक्तलगायत लब्धप्रतिष्ठित व्यक्तित्वलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । सिड्नीवासी नेपाली समुदायको साझा कार्यक्रम भएकाले सबैलाई सहभागिताका लागि अध्यक्ष अधिकारीले अनुरोध गरेका छन् । सन् २०११ मा स्थापना भएको माकाथर क्षेत्रीय नेपाली समाजले सन् २०१४ देखि तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको सदस्य खरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *