दुई छात्रामाथि एसिड छर्कियो

अज्ञात समूहले एसिड छ्याप्दा काठमाडौंको बसन्तपुरमा दुईजना छात्रा घाइते भएका छन् । बसन्तपुरको झोछेँमा रहेको ए प्लस ट्युसन सेन्टरमा आइतबार बिहान सवा छ बजे पढ्न पुगेका छात्राहरुमाथि एसिड छ्यापेर घाइते बनाएका हुन् । घाइते हुनेमा एस.एल.सि परिक्षाको तयारीमा रहेका रामेछाप खनियाँ पानीकी १४ वर्षिय संगीता मगर र रौतहट सौराहीकी १५ वर्षिय सीमा बस्नेत रहेका प्रहरीले जनाएको छ । अनुहारमा एसिड लागेर घाइते सिमाको अहिले वीर अस्पतालमा र संगिताको सिनामंगलको केएमसीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । संगिताको एसिडले छाती र खुट्टामा गम्भीर चोट पुगेको छ । घटनामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।