पार्टी अनुशासन कमिटीको प्रस्तावलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बसेको छ । बैठक पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा बसेको हो । आमोदप्रसाद उपाध्याय नेतृत्वको अनुशासन कमिटीले नौं महिना छानबिन गरेर संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवार हराउन अन्तर्घात गरेको आरोपमा १ सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको थियो । यद्यपि कांग्रेसले कारबाहीमा परेका नेतृ सुजाता कोइरालासहित सबै नेता कार्यकर्तालाई आममाफी दिने तयारी गरेको छ ।
यता, नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । एमालेले आज कार्यविभाजन र केन्द्रीय कमिटीमा मनोनयन गर्ने विषयमा छलफल गर्न लागेको हो । पार्टी कार्यालय बल्खुमा बसेको बैठकमा शीर्ष नेता सम्मिलित कार्यदलले तयार पारेको प्रस्तावमा छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । गत असारमा महाधिवेशन भएको एमालेमा अभैm नेताहरु जिम्मेवारी विहीन छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै






