सिड्नी । अष्ट्रेलियामा एक नेपाली युवक वेपत्ता भएका छन् । यस अघि शुक्रवार विहान वेस्टमेड अस्पतालमा विहान साढे ८ बजे देखा परेका २९ बर्षीय उमेश उप्रेती वेपत्ता भएका हुन् । उमेशका नजिकका नातेदारका अनुसार उनी सिड्नीको क्याम्सीमा बस्दै आएका थिए ।
गहुगोरो वर्ण भएका १७०–१८० सेन्टिमिटर उचाई भएका उनले शुक्रवार अन्तिम पटक देखिदा उज्यालो पातलो रातो ज्याकेट, कलो पेन्ट र कालै जुत्ता लगाएका छन् । उनको हातमा ट्यटू समेत लगाएका छन् ।
यसप्रकारको हुलिया भएका व्यक्तिलाई कसैलाई देखेमा १८००३३३००० मा सम्पर्क गर्न आग्रह गरिएको छ । सिड्नीको दक्षिण क्षेत्रबाट हराएका उनको खोजी कार्यमा प्रहरीले स्थानीय बासिन्दाको साथ मागेको छ ।
हकसबरी रोडमा अन्तिम पटक देखा परेका उनी हराएको सूचना प्यारामाट्टा प्रहरी एरिया कमान्डमा प्राप्त भएको थियो । त्यसपछि उमेशको खोजीकार्य तिव्र पारिएको छ ।






