न्युजिल्याण्डमा कोरोना संक्रमण शून्यमा, आज मध्यरातदेखि सबै प्रतिबन्ध फुकुवा हुने

Jacinda Adern, New Zealand's prime minister, speaks during a news conference at Parliament in Wellington, New Zealand, on Monday, June 8, 2020. New Zealand will remove social distancing requirements after reporting zero active cases of Covid-19, indicating it has achieved its aim of eliminating the virus. Photographer: Mark Coote/Bloomberg via Getty Images

वेलिङ्टन । न्युजिल्याण्डमा कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध आज मध्यरातदेखि फुकुवा हुने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले सीमा नाका बाहेक मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुने घोषणा गरेकी हुन् ।

उनले कोरोना भाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्‍याइने बताइन् । कोरोनाको प्रभाव अन्त्य भएको देखिए पनि आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छिन् ।

भोलिबाट न्युजिल्याण्डमा सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू सञ्चालनमा आउने छन् । घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चल्न पाउनेछन् ।

न्युजिल्याण्डमा कोरोनाको संक्रमण शुन्यमा झरेको छ । अहिलेसम्म न्युजिल्याण्डमा १ हजार पाँच सय चार जनामा संक्रमण देखिएको छ । संक्रमणवाट २२ जनाको मात्रै मृत्यु भएको छ ।