भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा दिइयो अनुमति

काठमाडौँ । नेपाल सरकारले पहिलो कोरोना खोपलाई मान्यता दिएको छ।

भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति दिइएको हो।

शुक्रवार बसेको औषधी व्यवस्था विभागको बैठकले सो खोपलाई आपतकालीन रुपमा प्रयोग गर्न सकिने भन्दै प्रयोगको अनुमति दिने निर्णय गरेको हो ।

विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ।

भारतमा यो खोपलाई शनिवारदेखि व्यापक रुपमा प्रयोग थालिने भएको छ । यस खोपको दुई डोज चार देखि १२ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।