तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट्स एलायन्स एकाको अबको नेतृत्व भूपाल सिटौलाले गर्ने भएका छन् । एकाको विहिबार सम्पन्न भएको अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा रामचन्द्र पौडेल, मोहन प्रसाद ढुङ्गाना, आशिष भण्डारी, सचिवमा कोमल पाठन रहेका छन् भने सहसचिवमा दिनेश खनाल, कोषाध्यक्षमा योगेन्द्र पौडेल सर्वसम्मतीले चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा श्रृष्टि शाह, भूमिश्वर सुवेदी, सूर्य खनाल, भूवन पाण्डे, विकास पाण्डे, भूडामणी सिलवाल रहेका छन् ।
कार्यभार सम्हालेपछि लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दे अध्यक्ष सिटौलाले आफुलाई अबको नेतृत्व गर्ने अवसरमा दिएकोमा भन्वयाद दिदै आगामी दिनमा अष्ट्रेलियामा रहेका कन्सलटेन्सीहरुलाई समेट्नी गरी अघि बढ्ने बताए । राजनीतिबाट मुक्त राखी कन्सलटेन्सी र विद्यार्थीहरुको हकहितको निम्ती काम गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।






