महामारीको कारण सिड्नीमा यस बर्षको ‘न्यू इयर इभ’मा सन्नाटा, (फोटोफिचर)

तक्दीर अधिकारी
सिड्नी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीको कारण सिड्नीमा पनि यस बर्षको न्यू इयर इभमा सन्नाटा छाएको छ । नयाँ बर्षको स्वागतमा सिड्नीमा भव्य पटाका प्रदर्शनी गर्ने गरिन्छ । उक्त स्वागत समारोहलाई करिब २० लाख मानिसहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्ने गरेका छन् । तर यस बर्ष भने न्यू साउथ वेल्समा कोरोनाको तेस्रो लहर शुरु भएको कारण सरकारले कडा प्रतिबन्धहरु लगाएको छ । जसको कारण मानिसहरुले अहिलेको नयाँ बर्ष इभलाई हर्षका साथ मनाउन पाएनन् ।

त्यसैगरी सरकारले अस्थायी र भिजिट भिसामा रहेका मानिसहरुलाई तोकिएका स्वास्थ्य आदेशहरु पलना नगरेको अवस्थामा कारवाही गर्ने र भिसा रद्ध गरी देश निकाला समेत गर्र्ने चेतावनी दिएपछि मानिसहरु घरबाहिर पनि निस्केका छैनन् । त्यसैगरी घरभित्र ५ जना र घरबाहिर अधिकतम १५ जना मात्र मानिसहरु मात्र जम्मा हुन अनुमति दिइएको कारण मानिसहरुको उपस्थिती कम छ । सिडनी हार्वर नजिकका ससना चौरहरुमा ठेलमठेमहरु भिड हुने गर्दथ्यो ।

अघिल्ला बर्षहरुमा रेष्टुरेन्टमा समेत मानिसहरु आएर पटाका प्रदर्शनी सहितको नयाँ बर्ष स्वागत समारोह अवलोकन गर्ने गर्दथे । तर यस बर्ष सबैलाई आउन अनुमति दिइएको छैन । रेष्टुरेन्टहरुलाई सरकारले कोड उपलब्ध गराएको छ । सो अनुसार व्यक्तिगत विवरण भरेर मात्र सर्कुलर कि, मिसेस मक्वारी, बोटनिकल गार्डेन, बँगारु साइड, नर्थ रक, जर्ज स्ट्रिटको ओपेरा हाउस लगायतका क्षेत्रहरुमा जान दिइएको छ । यस क्षेत्रहरुमा बाक्लो मात्रामा सुरक्षा कर्मीहरु तैनाथ गरिएको छ । कोही व्यक्ति यी क्षेत्रमा जानु परेमा रेष्टुरेन्टमा दिइएको कोड अनुसार परमिट पेश गरपछि क्वि आर कोड स्क्यान गरेर मात्र जान दिइएको छ । डुँगामा यात्रा गर्दा पनि सुरक्षा गार्डले चेक गरेर मात्र प्रवेश दिएका छन् । प्रत्येक स्थलहरुमा क्वि आर कोड स्क्यान गरेर डिटेल पेश गरेर मात्र जान पाइने बनाइएको छ ।

न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार गत २४ घण्टामा १० जना नयाँ संक्रमितहरु फेला परेका छन् । समुदायमा संक्रमण फैलिएको कारण सरकारले व्यापक कडाई गरेको छ । प्रतिबन्धहरु पालना नगर्ने व्यक्तिलाई २५ सय र परिवारलाई ५ हजार डलर जरिवाना तोकिएको छ । नर्दन र साउथ बिचमा कोरोना फैलिएको आशंका गरिएकोले यस क्षेत्रका मानिसहरु करिब लकडाउनकै अवस्थामा बसिरहेका छन् ।

हेरौ तस्वीरहरु