कलाकार दिपक थापा मैथाने मगरको ‘ए साईली’ कौडा कभर भिडियो प्रतियोगिता अन्तिम चरणमा

लण्डन । बेलायतमा बस्दै आएका एक नेपाली कलाकार युवाले आफ्ने देशको संस्कृति संरक्षण गर्ने प्रमुख ध्येयका साथ ‘ए साइली’ गीतको कभर भिडियो प्रतियोगिता आयोजना गरेका छन् ।

नेपालको गुल्मी जिल्लामा जन्मघरभई रुपन्देही कञ्चन गाँउपालिका ४ बनकसिया दियो बजार स्थायी ठेगाना रहेका कलाकार दिपक थापा मैथाने मगरले सो प्रतियोगिता आयोजना गरेका हुन् । मगर संघ यूके युथ एसोसियनका महासचिव समेत रहेका मैथाने यहाँकोे नेपाली समुदायमा स्थापित कलाकार हुन् ।

लाहुरेको कथा बस्तुलाई समेटेर तयार पारिएका ‘ए साईली’ कौडा गितको कभर भिडियो प्रतियोगितामा १६ समूहहरुले भाग लिएका छन् । मंसिर २० देखि शुरु गरिएको सो प्रतियोगिता २० पौष सम्म जारी रहने भएको छ ।

मगरहरुको कला संस्कृति जोगाउने गरी नेपालका कलाकारलाई पनि केही राहत होस भन्ने उद्धेश्य सहित यस प्रतियोगिता आयोजना गरिएको मैथानेले बताए । विदेशमा भएर पनि कलाकारितामा संलग्न रही आएका मैथानले गाँउघरको परिवेश समेटेर तयार गरिएको उत्कष्ट कभर भिडियोलाई पुरस्कृत समेत गर्ने भएका छन् ।

हेरौ एक कभर भिडियो