बिराटनगर महानगरको मतगणना : मोवाइल, पानी र खैनी प्रतिबन्ध

बिराटनगर– बिराटनगर महानगरपालिकाको मतगणना केन्द भित्र मोवाइल लान र पानी र खैनी र चुरोट खान निषेध गरिएको छ ।
मतको भरपर्दो सुरक्षा गर्नका लागि मतगणना भैरहेका कोठा भित्र मोवाइल लान अनि पानी र खैनी खान निषेध गरिएको हो ।
मतगणना गर्ने प्रतिनिधि र कर्मचारीहरु कसैले पनि मतगणना भैरहेको कोठाभित्र पानी र खैनी खान पाउँदैनन । पानी र खैनी खानुपरे बाहिर निस्केर प्र्रागंणमा आउनुपर्ने छ । मोवाइल भने मतगणना स्थलभित्रै लान निषेध गरिएको छ । प्रहरीले मुलगेटमै मोवाइल लिएर आउनेलाई रोक्ने गरेको छ ।
मतगणना केन्द्रभित्र पानीको बोलत वा जार गणना भैरहेको कोठामा लान दिएमा पानी हालेर मतपत्र भिजाएर धाँधली गर्ने जोखिम हुने भयले गणना कोठाभित्र पानी पुर्ण निषेध गरिएको हो । यसैगरि खैनी माडेर खानेहरुले खैनीको चुना झार्दा गणनामा प्रभाव पार्ने भएकोले खैनी खान पनि निषेध गरिएको हो ।
मगतणना केन्द्रभित्र चुरोट लान र खान पनि शख्त मनाई छ । चुरोट खाने बहानामा मतपत्रमा आगो लगाउने भयले सुरक्षाकर्मीले गेटमै चुरोट र सलाई र लाइटर चेकजाँच गरेर नियन्त्रणमा लिने गरेका छन ।
बिराटनगरमा शहिद मैदान स्थित आदर्श माबिमा मत गणना भैरहेको छ । यहाँ सात स्थानमा मत गणना भैरहेको छ ।