होलिडेमा गएका नेपाली बालबालिकाले गरे समुन्द्रको किनारमा सरसफाई

लन्डन । स्कुलको छुट्टीमा क्याराभ्याँन होलिडेमा गएका ९ जना नेपाली बालबालिकालेले फोक्सटनको किनारमा स्वच्छ हावाको लागि तिन माइलको वाकिंग गरेका थिए । वाकिंग गर्ने क्रममा समुन्द्रको किनारमा फालिएका प्लास्टिक साथै प्लास्टिकका झोलाहरु, बियरका क्यान तथा अन्य फोहरहरुलाई संकलन गर्दै किनारलाई सरसफाई गर्ने काम गरे ।

जम्मा गरिएको सबै फोहर मैलालाइ रिसाइकल गर्ने ठाउमा ल्याई बुझाएका थिए। स-साना केटाकेटीहरुले गरेको यस्तो काम देखेर स्थानियहरु साथै उपस्थित सबैले प्रसंसा गरेका थिए। यस्तो कार्य गर्नमा कसरि प्रेरणा मिल्यो बह्न्ने प्रस्नको उत्तरमा उनिहरेले भने बातावरण सफा रहेमा हामी र यस संग सम्बन्धित सबैको भबिस्य सुरक्षित हुने भएकोले हामीले मिलेर यो कार्य गरेको बताए ।

उक्त कार्य गर्नेहरुमा संस्कृती ज्ञवाली, आर्यन ज्ञवाली, गगन ज्ञवाली, प्रसन्न घिमिरे, प्रसंसा घिमिरे, स्थुती गौतम, सिरिश ज्ञवाली, अरनब खनाल अग्रिम ज्ञवाली थिए । उनीहरुको यस्तो उदाहरनिय कार्यको सबैबाट प्रसंसा पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *