मेलर्वन । मेलवर्नमा एक नेपाली युवा वेपत्ता भएका छन् । दुइ साता देखि आकाश श्रेष्ठ नाम गरेका युवक मेलर्वनबाट हराइरहेकोले खोजि कार्यमा सहयोग गरिदिन भिक्टोरिया प्रहरीले आग्रह गरेको छ । प्रहरीले एक विज्ञप्ती जारी गर्दै २७ वर्षिय श्रेष्ठको खोजिमा सहयोग दिन सबैलाई अपिल गरेको छ । श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराएका हुन् । अन्तिम पटक आकाशले शुक्रबार ४ः ४० बजे आफ्ना परिवारलाई मेसेज मार्फत सम्पर्क गरी इष्ट मेलवर्नमा रहेको आफ्नो घरमा फर्केने कुरा गरेको देखिन्छ । त्यसपछि उनी सम्पर्कमा आएका छैनन् ।
हराएको दुई साता भइसक्दा पनि सम्पर्क नआउँदा आकाशका परिवार चिन्तित बनेका छन् । आकाशलाई कसैले देखेको खण्डमा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न वा इष्ट मेलवर्न प्रहरी कार्यलयको नम्बर ०३–९६३७११०० मा फोन गरि जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।






