पूर्वअर्थमन्त्री डा. रामशरण महत लडेर घाइते

काठमाडौं- पूर्वअर्थमन्त्री डा. रामशरण महत आफ्नै घरको भर्‍याङबाट लडेर घाइते भएका छन् ।

उनको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको महतको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनी ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

डा. महतको उपचारमा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे नेतृत्वको टोली खटिएको छ ।