सिके राउतलाई इन्काउन्टर गर्नुपर्छः उपराष्ट्रपति पुत्र

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले देश बिखण्डनको घोषित अभियानमा रहेका सिके राउतलाई इन्काउन्टर गर्नुपर्ने बताएका छन् ।

देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने र अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही गर्नुपर्ने उपराष्ट्रपति पुत्र पुनले प्रतिक्रिया दिएका छन् ।

पुनले बिहीबार आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘सिके राउतले हाकाहाकी देश टुक्र्याएर अर्को देश बनाउछौं भन्दा पनि हामी देश सम्झेर चुपचाप सुनिरहनुपर्ने यो कस्तो लोकतन्त्र रु यो कस्तो अभिव्यक्ति स्वतन्त्रता ? म प्रधानमन्त्रीरगृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने साला यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ ।’