बिबिसीको प्रभावशाली महिलाको सूचीमा परिन् म्याग्दीकी १८ वर्षीया सपना मगर

लण्डन । बेलायती प्रसारण संस्था बिबिसीले तयार पारेको २०२० का प्रभावशाली तथा प्रेरणाशाली महिलाको सूचीमा नेपाली महिला पनि परेकी छन् । बीबीसीले सोमबार राति प्रभावशाली सय जना महिलाको नाम सार्वजनिक गरेको हो ।


बीबीसीले तयार पारेको सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह लगायत बेवारिसे शव जलाउने म्याग्दीकी १८ वर्षीय सपना रोका मगर पनि परेकी हुन् । जीवनको कठिन परिस्थितिमा पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उनीहरुले उदाहरणीय काम गरेको बीबीसीको भनार्इ छ ।

म्याग्दीकी सपनाले विगत केही वर्षयता बेवारिसे शव जलाउने काम गर्दै आएकी छिन् । लकडाउनको समय रोजगारीविहिन भएकाहरूलाई खाना बाँड्ने काम पनि उनले गरेकी थिइन् । अहिले पनि निःशुल्क खाना बाँड्ने काम जारी छ ।