काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।नेपाली काँग्रेसबाट सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल र विनोद चौधरीले परराष्ट्रमन्त्रीमा दाबी गरे पनि अन्ततः देउवाको रोजाइमा खड्का परेका छन् ।खड्का उदयपुर क्षेत्र नम्बर १ बाट खड्का प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार खड्कालाई मन्त्रीमा नियुक्त गरी शपथ समेत खुवाएकी छन् । खड्काले आजै सिंहदरबारमा गएर कार्यभार सम्हालेनछन् । त्यसलगत्तै मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलवार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।






