बेलायतमा कांग्रेस नेत्रि द्वय प्रसाई र लिम्बू लाई जनसम्पर्क समिति यूकेको सम्मान

शिब भण्डारी

लन्डन ।बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम राष्ट्रीय सभा सदस्य एबम पूर्ब राज्य मन्त्री सरिता प्रसाई तथा नेपाली कांग्रेसकी नेत्रि प्रतिनिधि सभा सदस्य माननीय श्रीमती महेन्द्र लिम्बू लाई नेपाली जनसम्पर्क समिति यूकेले सम्मान गरेको छ । सांसदद्वय सुब्बा र प्रसाईलाई नेपाली जनसम्पर्क समितिका युकेका अध्यक्ष युवराज गुरुङ, पूर्वअध्यक्ष लोक गुरुङ र संस्थापक अध्यक्ष विनोद मोक्तानले खाँदा ओढाएर सम्मान गरेका थिए । गत आइतबार लन्डनको साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका स-माहामन्त्री इन्द्रहाङ लिङदेनले गरेका थिए ,भने समितिका उप-सभापति तर्क राज गुरुङले स्वागत मन्तब्य राखेका थिए

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका संस्थापक अध्यक्ष विनोद मोक्तान, पूर्वअध्यक्ष लोक गुरुङ, विश्वआदर्श पण्डित, राजकुमार त्रिपाठी, विज्ञान प्रसाईं,शेरबहादुर सुनार, केशबहादुर गुरुङ, तस्बीर लामा, कोपिला सुब्बा, गैरआवासीय नेपाली संघका उपाध्यक्ष प्रेम गाहा मगर, हरिकुमार मल्ल, सुनिल गुरुङ, नरकुमार लिम्बु लगायतले बोलेका थिए ।

सांसद सुब्बाले नेपाली कांगे्रसको आन्तरिक राजनीतिबारे सहभागीलाई जानकारी गराएकी थिइन् भने अर्को पूर्वसांसद प्रसाईले नेपालको वर्तमान राजनीतिक अवस्था र कम्युनिष्ट सरकारले गरेको काम कारबाहीबारे सहभागीलाई जानकारी गराएकी थिइन् ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेपाली कांगे्रसमा भएको आन्तरिक विवादले पार्टीको भविष्य संकटमा परेको बताएका थिए । कार्यक्रममा विश्वआदर्श पण्डितले नेपाली कांगे्रस पार्टीलाई गोडमेल गर्नुपर्ने र पानी मलजल गर्नुपर्ने बताएका थिए । लोकतन्त्रको संरक्षण र सम्वद्र्धन नेपाली कांगे्रसबाहेक अन्य कुनै राजनीतिक दलले गर्न नसक्ने भएकाले नेपाली कांगे्रसलाई गोडमेल र मल जल गर्नुपर्ने आवश्यकता रहेको तर्क पण्डितको थियो ।
कार्यक्रममा जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले उपस्थित सबैलाई धन्यवाद दिदै नेपालको वर्तमान परिस्थितिबाट विदेशमा रहेका नेपालीहरु असाध्यै चिन्तित रहेको उल्लेख गर्दै कतिपय कमी कमजोरीका वावजुद निराश भइहाल्ने अवस्था भने नरहेको बताए ।‘जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्दै कांग्रेसको नयाँ भविष्य दिन सक्नेमा हामी आशावादी छौं,’ गुरुङले भने,

संस्थापक अध्यक्ष मोक्तानले नेपाली जनसम्पर्क समितिको अधिवेशन समयमै गर्नुपर्ने बताएका थिए । अर्को वक्ता विज्ञान प्रसाईले सबै साथीहरूले अब यो समय जनसम्पर्कलाई बलियो बनाउने संस्थाको रूपमा लिन आवश्यक छ,भने ! यसैगरी समितिका उप -सभापति कोपिला सुब्बाले पार्टीभित्र रिसर्च ग्रुप गठन गर्नुपर्ने माग गरेकी थिइन् भने तस्बीर लामाले आउँदो महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाए मात्र पार्टीको भविष्य उज्जवल बन्ने दाबी गरेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पूर्व माहासचिब आरके त्रिपाठीले जनसम्पर्क समिति युकेमा बिगतमा केहि कमी कमजोरी र गल्ती भएका हुन् सम्पूर्ण केन्द्रीय समिति जिम्मेवार हुने बताउँदै,नेपाली जनसम्पर्क समितियुकेको नेतृत्व युवराज गुरुङको हातमा परेपछि संगठन मजबुद बन्दै गएको बताएका थिए ।
एनआरएनए उपाध्यक्ष प्रेम गाहा मगर मगरले अब नेपाली कांगे्रसले गोरखाको मुद्दालाई सहयोग गर्नेमा जोड दिए । समितिका उपसभापति महेश कुमार दाहालले कार्यक्रममा सहभागी भइदिने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम राष्ट्रीय सभा सदस्य एबम पूर्ब राज्य मन्त्री सरिता प्रसाई तथा नेपाली कांग्रेसकी नेत्रि प्रतिनिधि सभा सदस्य माननीय श्रीमती महेन्द्र लिम्बू लाई सम्मान गरिएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *