पोखरा समाज (कास्की) अस्ट्रेलियाले सिड्नीमा रक्तदान कार्यक्रम आयोजना गर्दै

तक्दीर अधिकारी

सिड्नी । पोखरा समाज (कास्की) अस्ट्रेलियाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आउँदो शनिबार अर्थात् २२ फेब्रुअरीमा जर्ज स्ट्रिटमा रहेको ब्लड डोनर सेन्टरमा कार्यक्रम आयोजना गरिएको छ ।

’स्वस्थ्य जीवन जिउन र जीवन बचाउनका निम्ति नियमित रक्तदान गरौं‘ भन्ने मूल नाराका साथ समाजले विगत ४ वर्षअघिदेखि नै रक्तदान कार्यक्रम आयोजना गर्दै आएको महासचिव समित केसीले जानकारी दिए । पोखरा समाजको नियमित कार्यक्रममध्ये रक्तदान पनि एक भएको महासचिव केसीले बताए ।

समाजका कोषाध्यक्ष ईश्वर पहारी संयोजक रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद्का संयोजक देव गुरुङ रहेका छन् । प्रमुख अतिथि गुरुङले ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गर्ने छन् ।

पोखरा समाज अस्ट्रेलियाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागिताका अध्यक्ष राजकुमार अधिकारीले सिड्नीवासी नेपाली समुदायसँग अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *