चिसो लण्डनलाई तताइन् सनी लियोनीले

चर्चित भारतीय कोरियोग्राफर विष्णु देवाले नृत्य निर्देशन गरेका थिए। “नेपाली चलचित्र पासवर्डको नृत्य सिक्वेन्समा सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ,” शुटिङ सकेर मुम्बइ फर्कनु अघि सनी लियोनीले भनिन्। “मलाई नेपाल निकै मन पर्दछ र मलाई विश्वास छ नेपाली दर्शकहरुले यो चलचित्र मन पराउनुहुनेछ।” कलाकारको पारिश्रमिक तथा अन्य खर्च जोडदा लण्डनमा छायांकन गरिएको सो गीत नेपाली चलचित्रकै अहिलेसम्मकै सबैभन्दा खर्चिलो गीत भएको बताइएको छ।

चलचित्रका एकजना नायक तथा सहनिर्माता विक्रम जोशीले बेलायतमा चलचित्रको शुटिङ सकिएको र यही डिसेम्बर महिना भित्र पोस्ट प्रोडक्शनको काम सक्ने योजना रहेको बताए। चलचित्र सन् २०१९ को शुरुमा रिलिज हुने बताइएको छ। सिनेम्याक्स लण्डन लिमिटेडसंगको सहकार्यमा बनाउन लागिएको सो पहिलो फिल्ममा चलचित्र ‘ह्याप्पी डेज’ मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् ।

विक्की फिल्मका क्रिएटिभ निर्देशक समेत हुन् । सस्पेन्स, एक्सन र थ्रीलरले भरिपूर्ण सो फिल्मको निर्देशन सम्राट बस्नेतले गरेका छन् । यसअघि उनले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । सौरभ लामाको छायांकन हुने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् ।

झण्डै ९० प्रतिशत भन्दा बढी छायांकन बेलायतमा र अरु नेपालमा गरिएको सो फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित ब्रिटिश फिल्म इन्स्च्यिुटमा समेत दर्ता गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *