लन्डन। लन्डनमा आइतबार देखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘शुभलभ’ को पहिलो शो ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।आइतबार एक कार्यक्रमका बीच चलचित्र‘शुभलभ’को पहिलो सो गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष एबम च्यारिटी बिभाग प्रमुख सुनिलबाबु खड्काले रिबन काटेर औपचारिक रुपमा उद्घाटन गरे। साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्ट हलमा आयोजित शो ‘हाउसफुल’ भइ दर्शकले रुचाउंदा आफू थप उत्साहित भएको निर्देशक सन्तोष लोहनीले बताए ।

चलचित्र हेर्न गुल्मी जिल्ला समाज युकेका सल्लाहकार गोकर्ण बस्नेत,थर्ड आइका विकास देवकोटा, मिसेस नेपाल टिम, स्थानीय कलाकार र सर्वसाधारणको सहभागिता थियो । उक्त चलचित्र बेलायतका अन्य शहरमा झण्डै महिना दिनसम्म प्रदर्शनको तयारी छ ।
चलचित्र प्रेम कथामा आधारित भएपनि पर्याप्त ‘कमेडी’ छ आइतबारको पहिलो सो हेर्न पुगेका समाज सेबी गोकर्ण बस्नेतले फिल्म राम्रो बनेको लन्डन नेपाल न्युज लाइ बताए ।
उक्त चलचित्र बेलायतका अन्य शहरमा झण्डै महिना दिनसम्म प्रदर्शनको तयारी छ । निर्देशक लोहनीले १२ तारिख प्लमस्टिड वर्किङ मेन्स क्लब, १८ जनवरी रेडिङको द वेयरहाउस, २० जनवरीमा स्कटल्याण्ड र १६ मा अल्डरसटमा प्रदर्शन मिति तय भइसकेको जनाए ।आइतबार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्ट हलमा आयोजित शो ‘हाउसफुल’ भइ दर्शकले रुचाउंदा आफू थप उत्साहित भएको निर्देशक सन्तोष लोहनीले बताए ।






