तमुधी लण्डन इकाईले पन्चे बाजा बजाएर भव्य रुपमा मनायो ल्होछार:

शिब भण्डारी/प्रकाश कंडेल

लण्डन । तमु धीं लन्डन इकाईले आइतबार ग्रीनफोर्ड टाउन हलमा एक भव्य कार्यक्रम गरी लोछार तथा नयाँ वर्ष मनायो। कार्यक्रमको शुरुमा पन्चे बाजा बजाएर अतिथि तथा सहभागीहरुलाई स्वागत गरिएको थियो। अधिकांश सहभागीहरु परम्परागत तमु पोशाकमा सजिएका थिए। १२ औं वार्षिकोत्सवको अवसरमा १२ जना पदाधिकारी तथा अतिथिहरुले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

तमु धीं लन्डन इकाईका सभापति चन्द्र बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक तथा इकाईका उपसभापति बिष्णु गुरुङले सबै सहभागी तथा पाहुनाहरुलाई स्वागत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङले भारतीय, पाकिस्तानी लगायतका समुदायहरु तीन, चार पुस्तादेखि बेलायतमा बसोबास गरिरहेको तर उनीहरुले आफ्नो भाषा, संस्कृति कायमै राखेको बताए। “त्यसैगरी हाम्रो भाषा, संस्कृति, धर्म नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने जिम्मेवारी हामीमा छ,” उनले भने ।उपमेयर गुरुङले भने, “बेलायतको शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा एकीकरण हुनु पर्ने चुनौती पनि हामी सामु छ, नत्र हामी पछाडी पर्छौं ।“ कार्यक्रममा गुरुङ दम्पतीलाई पर्सनालिटी अवार्डबाट समेत सम्मान गरियो ।

महासचिव भरत गुरुङले अत्यान्त सिष्टशैलीमा सञ्चालन गरेको कार्यक्रममा तमु धी युकेका अध्यक्ष नन्दजंग गुरुङले तमुहरु मिलेर बसौं, निस्वार्थ भावनाले काम गरौँ, तमुहरुको एउटै आवाज बनाउं भन्दै सबैलाइ एकताबद्ध रहन आग्रह गरे ।

कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित एनआरएनए अध्यक्ष पुनम गुरुङसहित आएको एनआरएनए यूकेको कार्यसमितिलाई सम्मानसमेत गरियो ।
सम्मानित हुँदै गर्दा एनआरएनए यूके अध्यक्ष गुरुङले आयोजकलाई धन्यवाद र सबैलाई ल्होछारको शुभकामना दिइन् ।

कार्यक्रममा संरक्षक खुसीमान गुरुङ, आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार डेविट गुरुङ लगायतका वक्ताले शुभकामना दिएका थिए। कार्यक्रममा नव विवाहित जोडी तथा अध्ययनमा राम्रो नतिजा ल्याएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

संस्कृतिक कार्यक्रमको संचालन संजु घले तथा अनुपमा गुरुङले रोचक ढंगले गरेका थिए। कार्यक्रममा रास्ट्रीय कलाकारहरु राजन गुरुङ ,तिलक गुरुङ  तथा तारा श्रीश मगरले लोकप्रिय गीत गाएर सहभागीहरु लाई नचाएका थिए भने इसा, हेलिशा , बिनु, पुनम, दुर्गा, लक्ष्मी गुरुङ लगायतका कलाकार हरुले रोचक नृत्य प्रस्तुत गरेका थिए।कार्यक्रममा राफल ड्र समेत गरिएको थियो ।

तमुर्धि इकाइ लन्डनको १२ औं वार्षिक कार्यक्रम फरकशैलीमा नौमति पञ्चे बाजाको धुन सँगै आरम्भ  गरिएको हुनाले भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो । आयोजकले कार्यक्रम हेर्न ४५० भन्दा बढी उपस्थित भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *