लन्डन आउनु अगावै अनुष्काले सार्वजनिक गरिन नेपाल चिनाउने यस्तो (भिडियो)

लन्डन । मिस वल्ड प्रतिस्पर्धामा सहभागि हुन आउनु अगावै मिस वल्ड नेपाल अनुष्का श्रेष्ठले नेपाल चिनाउने एक भिडियो सार्वजनीक गरेकी छिन् । अनुष्कााले आफनो ब्यक्तीगत जीवनसहितको नेपाल चिनाउने भिडियो सार्वजनीक गरेकी हुन ।

भिडियोमा नेपालको हिमाल, पहाड र तराई झल्काउने गरि विभिन्न जातजातीको भेषभूषा, कला संस्कृति र नेपालको प्राकृतिक सुन्दरतादेखि समग्र नेपाललाई चिनाउने प्रयास गरिएको छ । भिडियो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ठ भएको प्रतिक्रिया समेत प्राप्त भएको छ । ५ मिनेट १५ सेकेण्डको सो भिडियोमा वास्तावमै नेपालमा चिनाउन सहयोगी बन्ने देखिन्छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्, 

नेपाल सरकारले भिजीट नेपाल ट्वान्टी ट्वान्टी मनाउन लागिरहेको बेला अनुष्काको सो भिडियो विश्वकै ध्यानर्कषण गराउन सफल हुने देखिएको छ । नेपालको तर्फबाट मिस वल्डमा प्रतिस्पर्धा गर्न केहि साताभित्रै बेलायत आउने अनुष्काले लन्डन नेपाल न्यूज डटकमसँग कुराकानी गर्दै जानकारी गराइन । स्मरण रहोस अनुष्कालाई अन्तराष्टिय मिडियाले टप १० भित्र राखेको छ । त्यसो त टप २० भित्र पर्न सफल भएमा मात्र नेपालले मिस वल्डको मल्टी मिडिया अवार्ड जित्न सफल हुनेछ ।

आउँदो डिसेम्बर १४ तारिखमा बेलायतमा हुन लागेको मिस वल्ड प्रतिस्पर्धामा विश्वभरिबाट करिव १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *