लण्डन । स्कटल्याण्ड बाट गायिका कमला श्रेष्ठको म्युजिक भिडियोको सेतै कपास सार्वजनिक भएको छ।
आहा…रातै फुल्यो लालुपाते सेतै कपास,जाडा्े भयो छेउमा बसि छेक बतास! निकै नै मिठाे र रमाइलो गित, नेपाल स्कटल्याण्ड एसोसिएशनका सदस्य, स्कटल्याण्डका ब्यबसायी, समाज सेवी, मोडल एवम् गायिका कमला श्रेष्ठको, सुजन लिम्बु संगको पहिलो नयाँ गीत “सेतै कपास‘’ को म्युजिक भिडियो रिलिज गरिएको छ । आधादशक देखि विभिन्न स्टेज कार्यक्रममा अरुको गीत गाउँदै आएकी कमलाको यो पहिलो रेकर्डिङ गीत हो।भिडियोमा सुजन लिम्बुसँगै गायिका कमला आफैं पनि मोडलको रुपमा छिन् ।
हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर , एडिनबरा , नेपाल स्कटल्याण्ड एसोशियसनमा आबद्ध भएर स्कटल्याण्डमा नेपाली कला र संस्कृतिको प्रबर्द्धन गरिरहेकी गायिका कमला श्रेष्ठ अन्य बिभिन्न च्यारिटी संस्थाहरुमा पनि संलग्न भएर बेलायत तथा नेपालका बिभिन्न भागहरुका असहायहरुको सहयोगार्थ बिभिन्न च्यारिटी कार्यक्रममा सहभागी भइ सहयोग गर्दै आइरहेकी छन् ।
यसपटकको नेपाल भ्रमण भने उनले फरक ढंगले गरिन। स्कटल्याण्ड एसोसिएशन तथा रोयल बोटानिकल गार्डेन एडिनवराको आर्थिक सहयोगमा निर्मित उक्त भवनका लागि ह्याबिट्याट कन्सर्नको साझेदारी र स्थानीय विद्यालय समितिको सक्रियतामा निर्माण कार्य सम्पन्न गरी १८ नोभेम्बरमा दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं। १ मा रहेको क्षमावती माध्यमिक विद्यालयका लागि ४ कोठे नव निर्मित भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण कार्यक्रममा सहभागी भइन।त्यसको लगत्तै सर्लाही जिल्ला स्थित बसबरिया गाउँपालिका वडा नं। २ का बाग्मति नदिबाट प्रभावित ८० परिवारलाई नेपाल स्कटल्याण्ड एसोसिएशनले भाडाकुडा र टर्च लाईट वितरण कार्यक्रममा सक्रिय सहभागिता जनाइन।
छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि उनीहरुको मुहारमा खुसी छाएको त्यस क्षणमा नै आफ्नो पहिलो लोक दोहोरी गीतको स्वर रेकर्ड संगै म्युजिक भिडियोमा मुख्य भूमिका पनि निभाइन।जुन म्युजिक भिडियो आजैबाट रिलिज पनि भैसकेको छ। रुकुममा जन्मिएर दाङ्गमा हुर्किएर धेरै संघर्ष गर्दै २ दशकदेखि बेलायतको स्कटल्याण्ड रेस्टुरेन्ट ब्यबसाय गर्दै रहेकी कमला श्रेष्ठले यस म्युजिक भिडियो बाट उठेको रकममध्ये गरिब दुखी: एबम पिडितहरुको सहयोग गर्ने योजना छ ।
एक नारायण भण्डारीको शब्द र संगीतमा कमला श्रेष्ठ र सुजन तिगेला लिम्बुको स्वर तथा अभिनय रहेको छ।यस म्युजिक भिडियोको लगत्तै उनि अर्को गीत रेकर्डिंगको सोंचमा रहेकी कमला आफ्ना स्वर्गीय बाबा तोप प्रसाद श्रेष्ठ र आमा र आमा हिरु श्रेष्ठलाइ संगीत र सामाजिक कार्यको लागि प्रेरणाका श्रोत मान्छिन।
“सेतै कपास” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।






