माओवादीले पत्ता लगायो चुनाव हारको आठ कारण

काठमाडौं- पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अपेक्षाकृत नजिता नआउनुको कारण माओवादीले खोजि गरेको छ । साउन २ देखि साउन ७ सम्म चलेको केन्द्रीय सचिवालयको विस्तारित वैठकबाट माओवादीले चुनाव हारको कारण खोजेको हो ।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनावमा अपेक्षाकृत नजिता नआउनुको कारणसहितको विज्ञप्ती पढिएको थियो ।
परिणा अपेक्षा अनुसार नहुनुका पछाडि मुख्यतः
१ वैचारिक राजनैतिक कार्यदिशामा स्पष्टताको कमी
२ पार्टी विभाजनको असर
३ संगठनात्मक अराजकता र कमजोर जनसम्बन्ध
४ बैठक बस्न नै कठिन हुने भारी भरकम कमिटि
५ निर्वाचन परिचालनमा अनुभव र कुशलताको कमी
६ उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पहिचान र अधिकार स्थापित गर्ने पहल र सक्रियतामा कमी
७ पार्टीभित्र देखिएको गुटबन्दी र घात अन्तरघातको दुष्प्रभाव
८ पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामहरुको व्यवस्थिति प्रचारको कमी