गगन थापा र लामा विश्व युवानेताको सूचीमा

काठमाण्डौ ३, चैत्र । सभासद गगन थापा र चाइल्ड रिच संस्थाका नेपाल निर्देशक डा. छिरिङ लामा विश्व आर्थिक फोरमको यो वर्षको विश्व युवानेताको सूचीमा परेका छन्। आर्थिक र गैर आर्थिक क्षेत्रमा सक्रिय ४० वर्ष मुनिका व्यक्तिबाट सो संस्थाले सूची बनाउने गर्दछ। यो वर्ष विश्वभरीबाट १ सय ८७ जना सूचीमा समावेश भएका छन्।
यसअघि नेपालबाट आस्मी राना र आशुतोष तिवारी यो सूचीमा परेका थिए।