युबा उद्यमी तिवारीद्वारा एनआरएन(आइसीसी)सदस्यमा चुनाव लड्ने घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएए) आइसीसी सदस्यमा युबा उद्यमी कृष्ण तिवारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । तिवारीले २०१९ –२०२१ कार्यकालका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको अनुरोध बमोजिम आफू चुनावी मैदानमा आउनु परेको तिवारीले बताए ।

यसकारण मेरो उम्मेदवारी -कृष्ण तिवारी

आदरणीय बेलायतवासी एनआरएनए सदस्यहरू,

भूमिका अर्को अनुच्छेदमा बाँध्ने गरी आसन्न चुनाबमा केन्द्रीय सदस्य (आइसिसी मेम्बर) मा उम्मेदवारी घोषणा गर्दछु ।

प्रथमत: गैरआवासीय नेपाली महासङ्घका सत्तरीभन्दा बढ़ी राष्ट्रिय समितिमध्ये सबैभन्दा ठूलो समिति बन्ने गरी यहाँहरूले अभूतपूर्व रूपमा एनआरएनएप्रति देखाउनुभएको माया र संलग्नताप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी सबैलाई बधाई !

सबैभन्दा ठूलो बन्ने काम पूरा गरेर मात्रै पुग्दैन । अब यसलाई सबैभन्दा राम्रो बनाउने दायित्व पनि हाम्रै हो । बेलायत एनआरएनए अभियानको जन्मस्थल पनि हो । र यो अभियानलाई दिशा निर्देश गर्न सक्ने बौद्धिक र साङ्गठनिक व्यक्तित्व पनि यसले दिँदै आएको छ । धेरै अग्रज र समकालीनहरूले मिहिनेतपूर्वक स्थापना गर्नुभएको त्यही जगमा थप केही ईंटा थप्न सकिन्छ र अन्तर्राष्ट्रिय एनआरएन सञ्जालमा बेलायतको बलियो प्रतिनिधित्व गर्न सकिन्छ भन्ने विश्वासका साथ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।

नेपालमा लामो समय विश्वविद्यालयमा प्राध्यापनको अनुभव सँगालेर बेलायत पसेको मैले बेलायत आएदेखि नै अध्यापनदेखि विभिन्न व्यवसायमा संलग्न रहँदा पनि समाजसेवा र एनआरएनएका गतिविधिसँग आफूलाई सघन रूपमा जोड्दै आएको छु । मैले यस अघिको कार्यकालमा एनसीसीको सचिबका रूपमा काम गरिसकेको छु ।

मैले केन्द्रीय सदस्यका रूपमा बेलायतका गैरआवासीय नेपालीका मुद्दाहरूलाई केन्द्रसम्म उठाउने, सहजीकरण गर्ने र प्रतिनिधित्व गर्नेमात्र नभई केन्द्रीय मुद्दाहरूमा समेत प्रभावकारी भूमिका खेल्न सक्छु भन्ने विश्वास लिएको छु । मेरो विश्वासमा ल्याप्चे ठोकेर मलाई परीक्षाहलमा पठाउने जिम्मा तपाईंहरूको हो र पास भएर निस्किने अठोट मेरो हो ।मलाई परीक्षाको त्यो अवसर प्रदान गर्नुहुन हार्दिक अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *