के कुल आचार्य बन्लान् त एनआरएनएको सर्वसम्मत अध्यक्ष ?

 गैरआवासीय नेपाली संघ (एनआरएनए) मा दशौं महाधिवेशन मार्फत नेतृत्व लिन दौडधुप सुरु भएको छ। । संघले घोषणा गरेको दश अर्ब लगानी जुटाउने कार्यका लागि एनआरएनए अध्यक्ष कुमार पन्तपूर्व अध्यक्षहरु डा. उपेन्द्र महतोजीवा लामिछाने तथा उपाध्यक्षहरु नेपालमै रहेका बेला सर्वसम्मत अध्यक्षका लागि प्रयास तीव्र भएको हो  ।

स्रोतका अनुसार संघका  पूर्व उपाध्यक्ष कुल आचार्य दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि सबै भन्दा बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।  संस्थापन पक्षले उपाध्यक्ष डा. बद्री केसीलाई अध्यक्षको उम्मेदवार बनाए सजिलै हराउने गरि आचार्यको तयारी छ ।

वर्तमान उपाध्यक्षहरु रवीना थापासोनाम लामामन केसीलगायतले आचार्यको नेतृत्वलाई स्वीकार गरिसकेको  स्रोतले बतायो । उनीहरु सवै एकै ठाउंमा भएकाले यसपटक आचार्यको जित निश्चित जस्तै छस्रोतले दावी गर्यो  ।

संस्थापन पक्षबाट डा. केसी समूहमा लागेका केही मिडियाले पूर्व उपाध्यक्ष आचार्यले चुनाव नलडने  भनेर समाचार प्रकाशित गरिरहेका छन । तरत्यस्ता अनलाईनहरुले गरेका हल्लालाई एनआरएनए बृत्तमा धेरैले विश्वास गर्दैनन् । संस्थापन पक्षको नाममा गरिएका अर्नगल प्रचारलाई वर्तमान अध्यक्ष पन्तले समेत बेवास्ता गर्न थालेका छन् । उपाध्यक्ष केसी र महासचिव डा. हेमराज शर्माले संयुक्त प्रयास गर्दा पनि गत जनवरीमा सम्पन्न विशेष महाधिवेशनमा आफुले चाहे जस्तो  विधान संशोधन गराउन सकेनन् । अध्यक्ष पन्तले उनीहरुलाई साथ नदिई आचार्यसंग समझदारी बनाए पछि विशेष महाधिवेशन सम्पन्न भएको थियो ।

विशेष महाधिवेशनकै कारण पन्त र आचार्यवीच सम्बन्ध नजिकिएको छजसको प्रभाव सबैतिर देखिन थालेको छ ।

विवादमा उपाध्यक्ष केसी

महासचिव बने देखि नै केन्द्रिय कार्यालयमा पकड जमाएका उपाध्यक्ष केसी संस्थापन पक्षको कमजोर उम्मेदवारका रुपमा देखिएका छन् । स्वयं संस्थापन पक्ष भित्रै  केसीले निर्वाचन जित्न नसक्ने अवस्था रहेको निष्कर्ष निकाल्दै आचार्यलाई अध्यक्ष दिएर केसीलाई एक पटक उपाध्यक्षमै दोहोर्याउन लगाउनु पर्ने आवाज उठेको स्रोतको दावी छ ।

वर्तमान संरक्षक शेष घले र पूर्व अध्यक्ष देवमान हिराचनसंग रहेको चिसो सम्बन्ध र मध्यपूर्वमा खर्च गरिएको राष्ट्रसंघीय संस्था आइएलओको आर्थिक सहयोगमा घोटाला भएको आरोप लागे पछि उपाध्यक्ष केसी र कोषाध्यक्ष महेश श्रेष्ठ विवादमा तानिएका छन् । जसका कारण संघले विश्वभर नै बदनामी भोग्नु परेको छ ।  संघ नेतृत्वले विज्ञप्ती जारी गरि सत्य तथ्य पत्ता लगाउने आश्वासन दिएको छ । यो मुद्दा १० औं महाधिवेशनमा उठने निश्चित छ । त्यसबाहेक नेपालको राजनीतिक  परिवर्तनले पनि उपाध्यक्ष केसीको पक्षमा माहोल नभएको निष्कर्ष संस्थापन पक्षले निकालेको बताइन्छ । 

विगतमा प्रजातान्त्रिक पक्षधरहरु दुई पक्षमा विभाजित भएकाले थोरै मतले आचार्यले पराजय बेहोर्नु परेको थियो । अहिले प्रजातान्त्रिक पक्षहरु सवैले आचार्यलाई सहयोग गर्ने घोषणा गरिसकेका छन्,  जसले आचार्यको सर्वसम्मत नेतृत्व चयनको संभाबना उचाईमा पुर्याएको छ ।

विशेष महाधिवेशनमा नाटकीय सहमति

गत जनवरीमा संघको विशेष महाधिवेशनमा संस्थापन पक्षले जबर्जस्ती विधान संशोधनको एजेन्डा घुसाएको भन्ने विवाद बढ्दै गएर परराष्ट्र मन्त्रालय सम्म पुग्यो।  असन्तुष्ट पक्षले  नेपालको अदालतसम्म जाने तयारी गरिरहेको थियो ।  तर अध्यक्ष पन्तलगायत संग घन्टौ छलफल गर्नुका  साथै संरक्षक परिषदको बैठक बोलाउन संयोजनकारी भूमिका खेलेर आचार्यले विवादलाई सहमतिमा पुराए।  पूर्व प्रवक्ता भूषण घिमिरे तथा उपाध्यक्ष मन केसीले प्रस्तुत गरेको विधान संशोधनका साझा बुँदा विशेष अधिवेशनले सर्वसम्मतिले पारित गर्यो।  परराष्ट्र मंत्री प्रदिप ज्ञवालीले समेत संघमा देखिएको सहमतिको प्रशंसा गरे। 

विशेष महाधिवेशनमा वर्तमान अध्यक्ष कुमार पन्त र सल्लाहकार आचार्यवीच भएको सहमतिले संघमा उत्साहको वातावरण बन्यो। अध्यक्ष पन्त र पूर्व उपाध्यक्ष आचार्य व्यापारिक साझेदार पनि हुन्।  उनीहरु दुबै एउटै प्लेनबाट एकै दिन युरोप ओर्लिएको जानकारहरु बताउंछन् ।  पन्त आचार्यलाई दाई भन्छन् भने आचार्य पन्तलाई भाइ । गत साता मात्रै अध्यक्ष पन्त आचार्यको गाउँ पर्वतधाईरिङ्ग पुगेर आचार्यका स्वर्गीय पिताको नाम जोडिएको विद्यालयलाई पांच लाख रुपियां सहयोग गर्ने घोषणा गरे।  २,३ दिन संगसंगै घुमे। 

तर पन्त र आचार्यवीच बढ्दो समझदारीबाट संघमा विचौलियाको भूमिका निर्वाह गरिरहेको सानो समूह आत्तिएको छ।  उक्त समूहले कहिले उपाध्यक्ष बद्रि केसीलाई स्वाभाविक उम्मेदबारको रुपमा अगाडी सारीरहेको छ भने कहिले उपाध्यक्ष सोनाम लामालाई । 

मिलनसारसबैलाई सम्मान गर्ने र सबैको कुरा सुन्ने आचार्यले सबै अटाउने एनआरएनए बनाउने आफ्नो अभियान भएको बताउंदै आएका छन्। उनीप्रति सबै पूर्व अध्यक्षहरुको सद्भाव रहेको बताइन्छ।

केहि दिन अघि मात्रै अर्का पूर्व अध्यक्ष जीवा लामिछाने र बेलायतका साथिहरु संगै पूर्वी नेपालको प्रसिद्ध तीर्थ स्थल पाथिभरा माताको दर्शन गरेर फर्केका कुल आचार्यको आत्मविश्वास निकै बढेको छ,’ उनीसंगै हाल नेपालमै रहेका एक एनआरएन आइसीसी सदस्यले बताए।

सन् २००३ मा संघ स्थापना भए पछि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ३ पटक निर्विरोध निर्वाचित भए भने उनी पछि देवमान हिराचन र जीबा लामिछाने पनि निर्विरोध अध्यक्ष बने।  तर त्यस पछि शेष घलेले दुइ पटक र भवन भट्ट तथा कुमार पन्तले एकएक पटक चुनाब लड्नु पर्यो । त्यस संगसंगै एनआरएन भित्र गुटबन्दी र पैसाको चलखेल बढ्न थालेको बताइन्छ ।

संघको निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउने प्रयास भै रहेका बेला एनआरएनएमा आचार्य जस्तो सहज र सबैलाई समेटेर लिएर जान सक्ने नेतृत्वको खांचो देखिएको धेरैले महसुस गरेका छन्।