
बरिष्ठ गायिका तारा थापा र संगितकार सुक गुरुङको स्वास्थ्य उपचारमा सहयोग गर्न अमेरिकाको न्युयोर्कमा फण्डरेजिङ सांस्कृतिक कार्यक्रम गरिने भएको छ । क्यान्सर र मृगौलाको रोगबाट पीडित कलाकारहरुको सहयोगार्थ नेपाली अमेरिकी कलाकार संघले आगामी आइतवार न्युयोर्कमा कार्यक्रम गर्न लागेको हो । दिउसो १२ बजेदेखि ४ बजेसम्म सत्यनारायण मन्दिरमा हुने कार्यक्रममा उपस्थीत भई सहयोग गर्न आयोजकले सबैलाई अनुरोध गरेका छन् । ‘तारिदेउ न ए माझी दाई, माइतीको पाप लाग्ला है ’ लगायत कैयन चर्चित गित गाउनुभएकी गायिका तारा थापा र ‘छेक्यो छेक्यो देउराली डाँडा’ लगायतका चर्चित गितका सर्जक तथा संगितकार सुक गुरुङको सहयोगका लागि न्युयोर्कमा गरिने कार्यक्रममा न्युयोर्कका नयाँ तथा पुराना कलाकारहरुको सांगितक प्रस्तुती रहने जनाइएको छ ।






