राप्रपा नेपालका महामन्त्री चन्द्र गुरुङको निधन

chandra-gurungकाठमाडौं, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङको निधन भएको छ ।

विगत केही महिनादेखि विरामी गुरुङको शनिबार राति उपचारका क्रममा अमेरिकामा निधन भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी गराउनुभएको छ । अध्यक्ष थापाले लेख्नुभएको छ- ‘ठूलो पीडाका साथ जानकारी गराउँछु कि राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गरुङको आज राति ८ अमेरिकामा निधन भएको छ । हार्दिक श्रद्धाञ्जली । शोकाकुल परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछु । राष्ट्रले फेरि एक राष्ट्रबादी नेता गुमायो ।’

यसअघि महामन्त्री गुरुङलाई उपचारका लागि दिल्ली लगिएको थियो । दिल्लीमा उपचार सम्भव नभएपछि अमेरिका लगिएको थियो ।