लन्डन आइपुगे एनआरएन अमेरिका अध्यक्ष पौडेल र नर्वेका पूर्व अध्यक्ष शाही

शिव भण्डारी

लन्डन। गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेको निमन्त्रणमा एनआरएन अमेरिका अध्यक्ष डा. केशव पौडेल र नर्वेका  सल्लाहकार प्रवीणजंग शाही बेलायत आइपुगेका छन् । एनआरएन अमेरिका अध्यक्ष डा. पौडेल र नर्वेका सल्लाहकार शाही आजै बेलायत आइपुगेका हुन ।

पौडेल र शाहीद्धयलाई विमानस्थलमा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके महासचिव आर.के त्रिपाठीले भब्य स्वागत गरे ।

एनआरएन यूकेले उहाँहरुको सम्मानमा अमेरिका र नर्वेका एनआरएनका भावनाहरु यूकेसँग साँटासाँट गरि अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्ने महासचिव आर.के त्रिपाठीले जानकारी गराए ।

महासचिव त्रिपाठीका अनुसार कार्यक्रम लन्डनको साउथ ह्यारोस्थित चौतारी रेष्टुरेन्टको सभाहलमा २६ तारिखका दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म आयोजना गरिनेछ ।

डा. केशव पौडेलले अमेरिकामा दोस्रो पटक अध्यक्षमा निर्वाचीत भएर कुशलतपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

पौडेलको बसाई एक साता रहने र विभिन्न एनआरएनका गतिविधिमा ब्यस्त रहने कुरा लन्डन नेपाल न्यूज डटकमलाई बताए। सो अवसरमा आइसिसी उपाध्यक्ष आचार्यले अमेरिका र नर्वेका आत्मीय मित्रहरुलाई लन्डनमा स्वागत गर्न पाउँदा खुसी ब्यक्त गरे ।

त्यस्तै,एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले क्रिसमसको अवसरमा सबैमा शुभकामना ब्यक्त गर्दै एनआरएन यूकेको आयोजनामा हुन लागेको अन्तरक्रिर्या कार्यक्रममा सहभागी हुन र आफना धारणाहरु राखिदिन सबैमा अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *