संविधान निर्माण बारे अमेरिकाको चासो

राजनीतिक ध्रुविकरण बढिरहेको बेला नेपालका लागी अमेरिकी राजदूत पिटर डब्लु बोडेले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र संविधान निर्माणमा चासो राखेका छन् । एमाले नेता एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललसंग एमाले संसदीय दलको कार्यालयमा आज भएको भेटमा बोडेले संविधान लेखनमा बिपक्षी दलहरुको भूमिकाका बारेमा चासो राखे ।
उनले सबै दलको सहमतिमा संविधान जारी गर्नु नेपालको हितमा हुने सुझाव राखेका थिए । नेता नेपालले दलहरुको सहमतिमै संविधान जारी हुने बचन दिएका थिए  । उनले दलहरुको प्रतिबद्धता अनुसार संविधान जारी गर्ने समय घर्कीसकेकाले सहमतिसंगै प्रकृया अगाडि बढाउनु पर्ने बाध्यता रहेको धारणा राखेका थिए । बोडेले संविधान निर्माणपछि नेपालको शान्ति र बिकासमा अमेरिकाले सहयोग बढाउने आश्वासन पनि दिए ।