एमालेका बरिष्ठ नेता झलनाथ खनालले एकीकृत माओवादीको मोर्चा सडक आन्दोलनमा गए उनीहरुको राजनीतिक भविष्यनै अन्यौलमा पर्नसक्ने चेतावनी दिएका छन् । आफ्नै निवास डल्लुमा आज बिहान आयोजना गरिएको साक्षात्कारमा उनले जनता संविधानको पक्षमा रहेका बेला हुने आन्दोलनको कुनै अर्थ नरहने बताए । खनालले आफुहरुले दुई तिहाइको दम्भमा पक्रिया सुरु गरेको नभै जनताको चाहना पुरा गर्ने बाटोमा हिडेको दाबी समेत गरे ।
अब सविधान बनाउन कुनै पनि शक्तिले रोक्न नसक्ने ठोकुवा खनालको थियो । उनले जातियताको आधारमा संघीयता संभव नहुने स्पष्ट पारे ।
आन्दोलनमा गए भविष्य अन्यौलमा: नेता खनाल






